नियम ९०
लाभ हानिको खाता र बैलेन्स सीट
(१) प्रत्येक वर्ष समितिले अघिल्लो साधारण सभा भएको मितिले ९ महिना वा सो भन्दा अघिको मितिसम्मको र कर्पोरेशनको आफ्नो कारोवार वा सरोेकार भएको हकमा १२ महिनासम्मको बैलेन्स सीट र लाभ हानिको खाताको तयार गरी वार्षिक साधारण सभामा पेश गर्नु पर्छ ।
(२) कर्पोरेशनको आर्थिक साल सचिवको सुझावमा समितिले निर्धारित गरे बमोजिम हुनेछ ।
(३) बैलेन्स सिट र लाभ हानिको खाताको साथमा अडिटरहरूको प्रतिवेदन पनि नत्थी गरिनेछ । त्यसरी नत्थी नगरेमा पुछारमा त्यस्तो प्रतिवेदन उल्लेख गरिनेछ र सो प्रतिवेदन कर्पोरेशनको साधारण सभामा पढेर सुनाइनेछ । कुनै शेयरहोल्डरहरूले हेर्न चाहेमा हेर्न पाउनेछ ।